नयाँ दिल्ली । भारतको प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले नेतृ सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ । शनिबार राति भएको काङ्गे्रसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तिरिम अध्यक्ष चयन गरेको हो । भारतमा अप्रिल र मे महिनामा सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले देशव्यापी विजय हासिल गर्दै भारतीय काङ्ग्रेसलाई किनारामा पु¥याएपछि हारको जिम्मेवारी लिँदै नेता राहुल गान्धीले अध्यक्षको पदबाट जुलाईमा राजिनामा दिएपछि रिक्त पदमा पुनः ७२ बर्षीया पूर्व अध्यक्ष सोनिया गान्धीलाई सर्वसम्मतरूपमा अन्तिरिम अध्यक्ष चयन गरिएको हो । सन् १९९८ देखि भारतीय काङ्ग्रेसको नेतृत्व सम्हालेकी सोनियाको उत्तराधिकारीका रूपमा सन् २०१७ को डिसेम्बरदेखि राहुलले नेतृत्व गर्नुभएको थियो । छोरा राहुलभन्दा पहिले सोनियाले भारतीय पूर्व प्रधानमन्त्री तथा आफ्ना पति राजिब गान्धीको उत्तराधिकारीका रूपमा काङ्ग्रेसको नेतृत्व सम्हाल्दै आउनुभएको थियो ।एएफपी
भारतीय काङ्ग्रेसकी नेतृ गान्धी नै अन्तरिम अध्यक्ष चयन
Halesi
तपाईको प्रतिक्रिया
- १. ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम
- २. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- ३. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ४. उर्जाविहीन उँभौलीको दिन
- ५. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ६. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह


