हाङचाओ । चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । आँधीले करिब २५ हजार घरहरूमा क्षति पु¥याउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पु¥याएका प्रारम्भिक अनुमान छ । आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो । अगस्टको ११ तारिख दिउँसो चिनियाँ पहेँलो समुद्र क्षेत्रको पश्चिमतिरजाने र सोही दिनको बेलुकीसम्म शान तुङ प्रान्तको री चाउ नामक शहरनजिकका क्षेत्रमा पुग्ने चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ । यस्तै आँधीपछि आएको पहिरोमा परेर च च्याङमा १४ जना हराइरहेका सुरक्षा अधिकारीले बताएका छन् । शनिवार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङलाई प्रभावित तुल्याएको थियो । लेकिमालाई पहिला ‘कडा तुफान’ मानिएको थियो । तर भूमिमा आइपुग्नुपहिले नै तुफानको गति क्षीण भएको छ । शुरूमा ‘लेकिमा’१८७ किलोमिटर प्रतिघण्टाको वेगमा आएको चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ । सिन्ह्वा
पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता
Halesi
तपाईको प्रतिक्रिया
- १. ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम
- २. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- ३. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ४. उर्जाविहीन उँभौलीको दिन
- ५. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ६. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह


