नयाँदिल्ली– मुस्लिम समुदायको बाहुल्य रहेको समस्याग्रस्त काश्मिरमा शुक्रबार निषेधाज्ञा (कफ्र्यु) कम गरिने भारत सरकारले जनाएको छ । कफ्र्यु कम भएमा शुक्रबारको प्रार्थनामा जाने मुस्लिम समुदायलाई सहज हुने यस क्षेत्रका प्रहरी प्रमुखले एएफपीलाई बताएका छन् । स्थानीयबासीलाई नजिकका मस्जिदमा भेला भएर शुक्रबारको नमाज पढ्न दिइने र यसमा कुनै प्रतिबन्ध नलगाइने काश्मिरका प्रहरी महानिर्देशक दिलबाग सिंहले बताए । भारत सरकारले जम्मु काश्मिरलाई प्रदान गरिएको विशेष अधिकार रद्द गरेपछि यहाँ भड्किन सक्ने सम्भावित हिंसालाई ध्यानमा राखी सोमबारदेखि इन्टरनेट वा टेलिफोन सेवा बन्द गरिएको तथा आवागमनमा कडा प्रतिबन्ध लगाइएको छ । काश्मिरमा हजारौंको संख्यामा थप सुरक्षाफौज पठाइएको छ । भारतको यस कदमलाई पाकिस्तान र केही भारतीय विपक्षी राजनीतिज्ञहरूले निन्दा गरेका छन् । भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाइसकेको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा जम्मु काश्मिरलाई विशेष दर्जा प्रदान गर्ने भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला रहेको उल्लेख छ । –एएफपी
कश्मीर खुल्ला हुँदै, कडा सुरक्षाका बीच बजार र स्कुल खुले
Halesi
तपाईको प्रतिक्रिया
- १. ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम
- २. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- ३. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ४. उर्जाविहीन उँभौलीको दिन
- ५. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ६. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह


