श्रीनगर । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डि राजालाई शुक्रबार गिरफ्तार गरिएको छ । विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेका हुन् । जम्मु कश्मीर क्षेत्रका आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भेट्न गएका बेला उहाँ पक्राउ पर्नुभएको समाचारमा जनाइएको छ । आफ्ना नेता पक्राउ परेको घटनाप्रति भाकपाले विरोध जनाउँदै भारतीय जनता पार्टी (भाजपा) को सरकार ‘तानाशाही’ भएको आरोप लगाएको छ । जम्मु–कश्मीर राज्यलाई केन्द्र मातहत ल्याउने भारत सरकारको निर्णयका विरुद्धमा भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले प्रदर्शन गर्दै आएका छन् । उनीहरू जम्मु कश्मीर राज्यको अधिकार खोसिएको भन्दै विरोधमा उत्रिएका हुन् । भारतको केन्द्रीय सरकारको पछिल्लो निर्णय प्रजातन्त्र विरोधी भएको पनि उनीहरुको भनाई छ । भाकपा महासचिव यचुरी र अर्का नेता राजाले जम्मु कश्मीर भ्रमणका क्रममा आफूलाई कुनै अवरोध नहुने वातावरण बनाउन आग्रहसहित जम्मु–कश्मीरका गभर्नर सत्यपाल मलिकलाई पत्राचार गर्नुभएको थियो । येचुरीले पार्टीको लेटरहेडमा जम्मु–कश्मीरका राज्यपाल मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्नुभएको थियो । पत्रमा उहाँले मलिकसँग आफू, भारतीय कम्युनिष्ट पार्टीका नेता ९भाकपा० नेता राजा, युसुफ तारीगामीसँग भेट गर्न जाने निश्चित भएको उल्लेख गर्नुभएको थियो । यसअघि काँग्रेस नेता गुलाम नाबी अजादलाई पनि बिहीबार श्रीनगर विमानस्थलबाट जम्मु–कश्मीर क्षेत्रमा जान नदिएर केन्द्रीय राजधानीतर्फ नै फिर्ता पठाइएको थियो । संविधानबाट जम्मू–कश्मीरलाई विशेष सुविधा दिँदै आएको धारा ३७० खारेज गरिएपछि भारतसहित छिमेकी देशहरुमा तरङ्ग फैलिएको छ । एएनआई
कम्युनिष्ट पार्टीका नेताद्वय यचुरी र राजा पक्राउ
Halesi
तपाईको प्रतिक्रिया
- १. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै
- २. नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना
- ३. प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत
- ४. श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ५. खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि
- ६. खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै


