काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यु–१५ (पन्ध्र वर्षमुनि) को फुटबल च्याम्पियनसीपमा पहिलो खेल नेपालले भारतको सामना गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले पहिलो प्रतिद्वन्दी भारत पाएको हो । प्रतियोगिता आगामी असोज २२ देखि २८ गतेसम्म हुनेछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालले आगामी असोज २२ गते भारतको सामना गर्नेछ । त्यस्तै नेपालले असोज २४ गते बङ्गलादेशसँग खेल्नेछ भने असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेल समाप्तिपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भुटानमा नै भएको गत संस्करण खेलमा नेपाल चौथो भएको थियो ।
महिला साफ च्याम्पियनसीप, नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
Halesi
तपाईको प्रतिक्रिया
- १. ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम
- २. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- ३. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ४. उर्जाविहीन उँभौलीको दिन
- ५. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ६. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह


