काठमाडौं । जम्मु–कश्मीरको विशेष अधिकार खारेजीको निर्णयपछि देखिएको भारत–पाकिस्तान सम्बन्ध थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा बन्द गरिदिएको छ । पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन गर्दै ‘सम्झौता एक्सप्रेस’ बन्द गर्ने निर्णय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सम्झौता एक्सप्रेस १९७६ को जुलाई २२ देखि सुरु भएको थियो । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोबीच सिमलामा भएको वार्तापछि दुई देशबीच सम्बन्ध सुधार्ने उद्देश्यले नयाँदिल्लीबाट अटारी हुँदै लाहोरसम्म रेल सेवा सुरु गरिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।
भारत–पाकिस्तान तनाव, द्विदेशीय रेल सेवा बन्द
Halesi
तपाईको प्रतिक्रिया
- १. ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम
- २. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- ३. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ४. उर्जाविहीन उँभौलीको दिन
- ५. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ६. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह


