निगमको शानलाई जहाजको उचाइझैँ पुर्याउँछौँ – पर्यटनमन्त्री भट्टराई

Halesi

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सानलाई जहाजकै उचाइ बराबर पु¥याउने गरी सुधारको काम गरिने बताउनुभएको छ ।

राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय ध्वजाबाहक पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको विषय हो भन्दै निगमको हालको अन्योलग्रस्त अवस्थालाई सुधार गरी जहाजको उचाइझैँ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निगमको जहाज जुन हाइट (३८ हजार फिट उचाइ)बाट उड्छ, निगमको सानलाई त्यही उचाइमा पु¥याउनु पर्नेछ, त्यसो भयो भनेमात्र संसारले देख्नेछ, २८ हजार उचाइ त नेपालमै उड्ने छँदैछन् नि ।”

पर्यटनमन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रचारप्रसार र पूर्वाधार विकास दुवै कार्यलाई सँगसँगै अघि बढाइने उल्लेख गर्नुभयो । मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएर काम अघि बढाउने उल्लेख गर्दै मन्त्री भट्टराईले आफू मन्त्रालयमा रहुञ्जेल सम्पूर्ण तागत र इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया