विप्लव समूहका ७१ वर्षीय तीन नेता मैतीदेवीबाट पक्राउ

Halesi

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन नेता पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई मैतीदेवीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकर गुरुङ र उमा गुरुङ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका विक र मकर गुरुङ ७१ वर्षका हुन् ।

पक्राउ परेका विक केन्द्रीय सदस्य हुन् भने मकर पार्टीका वैकल्पिक केन्द्रीय सदस्य र उमा तमुमुक्ति मोर्चाको पूर्वकेन्द्रीय सदस्य हुन् ।

पक्राउ परेका ७१ वर्षीय विक र मकरलाई भने रोग लागेको हुँदा छाड्ने तयारी भइरहेको प्रहरीले बताइएको छ ।

तपाईको प्रतिक्रिया