विप्लव समुहका रामेछाप इन्चार्जसहित तीन जना पक्राउ

Halesi

बनेपा । प्रहरीले नेत्रविक्रम चन्द समूहको रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको छ । प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको हो । ढुङ्गेलमाथि काभ्रेपलाञ्चोकको भुम्लुस्थित एनसेल टावरमा आगजनी गरेको आरोप छ ।

यसैबीच सोही समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पनि प्रहरीले शुक्रबार राति पनौती नगरपालिका–४ बाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पनौतीमा विस्फोटक पदार्थ राखी आतङ्कित पारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया