मन्त्रीको पीएको पनि पीए १० वर्षमा करोडपति – नेता घनश्याम भुसाल

Halesi

गोरखा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले मन्त्रीको पीएको पनि पीए १० वर्षमा करोडपति हुने गरेको बताएका छन् । पार्टी र नेतृत्व दलाल पूँजीवादको चंगुलमा परिरहेको भन्दै उनले दलाल पूँजीवाद नै पार्टीको मुख्य लक्ष्यको रुपमा रहेको समाजवादको चुनौतीको रुपमा रहेको बताए ।

नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले लेख्नुभएको संघर्षको इतिहास नामक पुस्तकबारे गोरखामा भएको समीक्षा कार्यक्रममा बोल्दै भुसालले देशको सबै क्षेत्रमा दलाल पूँजीपतिहरुको हावी भएको बताए ।

यसै कारण पार्टीभित्रका इमान्दार कार्यकर्ताको मनोबल खस्कँदै गएको उनको भनाइ छ । ‘बीस वर्षदेखि पार्टीमा काम गरिरहेका कमरेड पनि असुरक्षित लाग्छन् हामीलाई’, उनले भने ‘अरबमा गएर भेडा पनि चराउन नसक्ने भएर फर्किएको मान्छे नेताको पछि लाग्यो, मन्त्रीको पीए को पनि पीए भएर बस्यो, १० वर्षमा करोडपति हुन्छ, तर इमान्दार भएर बिसौं वर्ष पार्टीमा लागेको कार्यकर्ताको मनोबल के हुन्छ ?’

तपाईको प्रतिक्रिया