काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छरको भन्दै आपत्ती जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाएका हुन् । सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोही अनुसार सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै उनले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने बताए ।
महतोले आफ्नो मानहानी भएकाले सरकारले माफि माग्नुपर्ने दाबी गरे । ‘कुन नियतले हो रु यो सरकार चौतर्फी रुपमा असफल त भइरहेकै हो । यो भ्रमको खेती गरेर के गर्न खोजेको हो सरकारले रु राजेन्द्र महतोको राष्ट्रियता माथिको प्रश्न उठाउदै भ्रम छर्ने काम यो के गरेको रु’ उनले प्रश्न गरे, ‘सरकारको नियतमाथि नै प्रश्न उठेको छ । सरकारले यसरी भ्रम फैलाउने काम गर्नुहुन्न । मानहानी गर्न पाइदैन । सरकारले माफि माग्नुपर्छ । ”
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता खारेज भएको जानकारी गराएका थिए । सोही विषयलाई लिएर आफू विरुद्ध गलत प्रचार गर्ने काम भएको भन्दै उनले कुन राजेन्द्र महतो हो भन्ने सरकारले नखुलाएका कारण आफ्नो मानहानी भएको बताए ।


