एजेन्सी । जापानको एक भिडियो गेम कम्पनीले नक्कली ब्वाइफ्रेन्ड तयार गरेको छ । युवती तथा महिलाहरू यो नक्कली ब्वाइफ्रेन्डलाई अँगालो हालेर आफ्नो तनाव कम गर्न सक्ने बताइएको छ । यसलाई आफ्नो साथमा पनि लिएर जता पनि लैजान सकिने छ, जस्तो, रेस्टुरेन्ट, फिल्म हल वा मलहरूमा । यसको नाम ‘ब्वाइफ्रेन्ड हग स्पीकर्स’ दिइएको छ ।
दुई ठूला हातहरू भएको यो प्रोडक्टको साथमा सादा एक सिराने लगाइएको छ, जसमा कम्पनीको नयाँ गेम हिरो अफ मेडन्सको मुख्य कलाकारको स्केच बनाइएको छ । तपाईलाइ अझै धेरै सुबिधाजनक महशुस गराउन दुबै हालमा ब्लटुथ स्पीकर्स पनि जडान गरिएको छ, जो अँगालो हाल्ने बित्तिकै म्युजिक बज्न सुरू गर्छ । यो महिलाहरूका अतिरिक्त पुरूषहरूका लागि पनि यसलाई प्रयोगमा ल्याउन दबाब बढिरहेको छ ।


