एजेन्सी । कोपा अमेरिका प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध लगाइएको छ । ३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिरुद्ध तेस्रो स्थानको लागि भएको खेलमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलपछि उनले प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो गरिएको आरोप लगाएका थिए । खेलको ३७ औँ मिनेटमा ग्यारी मेडेलसँगको विवादपछि दुवै खेलाडीले रातो कार्ड पाएका थिए । उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी बनेको थियो । दक्षिण अमेरिकी फुटबल कन्फेडरेसनले मेस्सीमाथि ५० हजार डलर जरिवानामा पनि तोकेको छ ।निलम्बनविरुद्ध अपिल गर्न मेस्सीसँग सात दिनको समय रहेको छ । प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा हुने चिली, मेक्सिको र जमर्नीबिरुद्धको मैत्रिपूर्ण खेल गुमाउने छन् ।अर्जेन्टिनाले सन् २०२० को विश्वकप छनोट मार्चबाट सुरु गर्नेछ । सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले पराजित भएपछि अर्जेन्टिनी फुटबल एशोसिएसनले रेफ्रीको निर्णयमाथि प्रश्न उठाएको थियो । दक्षिण अमेरिकी फुटबल संघले उक्त आरोपको पनि खण्डन गरेको छ ।
भ्रष्टाचारीको आरोपमा मेस्सीलाई अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध
Halesi
तपाईको प्रतिक्रिया
- १. माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका दुई हजार ८५७ विद्यार्थी सहभागी हुँदै
- २. नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईलाई जिल्लावासीको बधाई तथा शुभकामना
- ३. प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ खोटाङका ११ जना उम्मेदवारको जमानत जफत
- ४. श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ५. खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि
- ६. खाेटाङमा श्रम संस्कृति पार्टीकाे अग्रता कायमै, काँग्रेस र एमाले पछ्याउँदै


