समृद्ध नेपालको सपना पूरा गर्न आर्थिक विकासमा ध्यान दिनुपर्ने

Halesi

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध नेपालको सपना पूरा गर्नका लागि मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली वामपन्थी आन्दोलनका कर्मठ योद्धा एवं कुशल सङ्गठक जीवराज आश्रितको ७५ औँ जन्मजयन्तीको सन्दर्भमा जीवराज आश्रित फाउण्डेशनद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अबको विकास आर्थिक विकास भएको भन्दै तीनखम्बे अर्थनीतिलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, जीवराज आश्रितका लोकतन्त्रलगायतका न्यूनतम सपना पूरा भएका भएका छन्, तर समाजवादी सपना अझै पूरा हुनसकेको छैन, अबको नयाँपुस्ताले त्यो सपना गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया