नेपाली पानीलाई विश्व बजारमा निर्यात गर्ने मन्त्री मगरको अठोट

Halesi

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नेपालको पानी विश्व बजारमा निर्यात गर्ने योजनामा सरकार लागिरहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले उत्पादन गरेको ‘रसुवा ब्रान्ड’को पानीको उद्घाटन गर्दैै नेपालको पानी विदेशमा निर्यात गर्ने निजी कम्पनीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘हाम्रो पानी प्राकृतिक रूपमा खान योग्य छ । अरु देशको भन्दा स्वच्छ र सफा छ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौं । यसको लागि नेपाल सरकार सहयोग गर्न तयार छ ।’

उनले हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरिन् । रसुवा ब्रान्डको पानी विदेश निर्यात गर्ने कम्पनीका अध्यक्ष गणेश भण्डारी बताए ।

जर्मन प्रविधि र चीन, भारत, र जापानमा बनेका अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटिक रुपबाट पानीको उत्पादन कार्य भैरहेको उनले बताए । कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रिङ वाटर उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा नम्बर ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको जनााइएको छ ।

तपाईको प्रतिक्रिया