नवनियुक्त मन्त्री भट्टराईको निर्देशन-आइस्योस्, गइस्योस् नभन्नू, पत्रिकामा बधाई नछाप्नू

Halesi

काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो रमाइलो नलाग्ने बताएका छन्। बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले आफू मन्त्री भएकोमा पत्रिकामा विज्ञापन नदिन आग्रहसमेत गरेका छन्।

उनले मन्त्रालयमा बोलिने भाषामा पनि चासो देखाएका छन्। आइस्योस्, गइस्योस् भन्ने भाषा मन्त्रालयमा कसैले पनि प्रयोग नगर्न भट्टराईले निर्देशन दिए।

‘सिंहदरबारमा आइस्योस्, गइस्योस् भन्ने भाषा छ भन्ने सुनेको छु, यसअघि भए पनि अब त्यस्तो भाषा कसैले पनि प्रयोग नगर्न निर्देशन दिएका छन् ।

‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने,‘एकदिन यस्तो बनाउँछौं, वाह! नेपाल एयरलाइन्स भन्ने हुन्छ।’

उनले आफू अपर्झट मन्त्रालय सम्हाल्न आइपुगेको बताए।

तपाईको प्रतिक्रिया