एजेन्सी । नेमारले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।ब्रजिलका चर्चित फुटबल खेलाडी नेमारमाथि लागेको बलात्कार अभियोगको अनुसन्धान गरिरहेका प्रहरीहरूले उक्त मुद्दा बन्द भएको बताएका छन्। साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावमा उक्त मुद्दा निलम्बन गरिएको तर अन्तिम निर्णयको लागि त्यो अभियोजनकर्ताकहाँ पठाइने जनाएको छ। ब्रजिलकी एक मोडल नाजिला त्रिन्दाजीले नेमारले गत मे महिनामा फ्रान्सको प्यारिसस्थित एउटा होटलमा आफूमाथि हातपात गरेको बताएपछि उक्त अनुसन्धान सुरु गरिएको थियो। नेमारले ती महिलाले लगाएका आरोपहरूको खण्डन गर्दै आफूबाट पैसा असुल्न खोजिएको दाबी गरेका थिए। घटना के हो ? नेमारका एक प्रवक्ताले समाचारसंस्था एएफपीसँग कुरा गर्दै मुद्दा फिर्ता गर्ने निर्णयबारे प्रतिक्रिया जनाउन नसक्ने बताए। ब्रजिललाई तताएको उक्त मुद्दाले त्यहाँका पत्रपत्रिकामा मुख्य स्थान पाएका थियो। सबैभन्दा पहिले यो प्रकरण जुन महिनामा प्रकाशमा आएको थियो। नेमारले आफूमाथि बलात्कारको आरोप लागेकोबारे इन्स्टाग्राममा एउटा सात मिनेट लामो भिडिओ सार्वजनिक गरेपछि सो विषयले चर्चा पाएको थियो। नेमारले ती महिलाले आफूलाई पठाएका ह्वाट्सएप सन्देशहरू र तस्बिरहरू पनि प्रकाशित गरेका थिए। उक्त भिडिओमा उनले ूखासमा केही पनि नभएको प्रमाणित गर्नू ती विवरणहरू सार्वजनिक गर्नुपरेको बताएका थिए। अब के हुन्छ ? त्रिन्दाजी भने त्यसपछि एक टेलिभिजन अन्तर्वार्तामार्फत् सार्वजनिक रूपमा बोलिन्। नेमारले प्रहरीलाई बयान दिएका थिए । आफूहरू दुईबीच भएको चर्चाचर्की देखिएको दाबी गरिएको फुटेज र भिडिओ क्लिप सार्वजनिक गरिन्। प्रहरीले पछि त्रिन्दाजीविरुद्ध मानहानिको अभियोग लगायो। त्यसबाट उनले लगाएका आरोप दुराशयबाट प्रेरित भएको सङ्केत गरेको एएफपीको भनाइ छ। थुप्रै वकिलहरूले ती मोडेलको तर्फबाट काम गर्न छाडेका थिए। न्यायाधीशले अन्तिम निर्णय दिनुअघि उक्त मुद्दाको समीक्षा गर्न अभियोजनकर्ताहरूसँग १५ दिनको समय छ।
प्रमाण नपुगेको भन्दै नेमारमाथी लागेको बलात्कार आरोपको मुद्दा स्थगित
Halesi
तपाईको प्रतिक्रिया
- १. ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम
- २. ‘मुन्दुम ट्रेल’ आसपास फुलेका विभिन्न प्रजातिका ‘गुराँस’ले पर्यटक आकर्षित
- ३. साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
- ४. उर्जाविहीन उँभौलीको दिन
- ५. कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
- ६. यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह


