काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा निस्किने भएका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली साउन १८ गते सिंगापुर जाँदैछन् । त्यस्तै नेकपाकै अर्का अध्यक्ष प्रचण्ड भने मंगलबार दुवई भ्रमणमा जाने भएका छन् । अध्यक्ष प्रचण्डको दुवई भ्रमणको उदेश्य घुमघाम रहेको उनीनिकट श्रोतले जनाएको छ । ओली भने ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।
केही समयदेखि चल्दै आएको पार्टी सचिवालयको बैठक स्थगित गरेर दुई अध्यक्ष विदेश भ्रमणमा जान लागेका हुन् । स्कुल विभागको जिम्मेवारीका विषयमा कुरा नमिलेपछि बैठक पटक पटक सर्दै आएको छ ।


