काठमाडौं । कक्षा १२ को नतिजा सोमबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ ।
बोर्ड स्रोतका अनुसार आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको सुद्धता परीक्षण गरेको छ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक गर्ने भएको हो ।


