विराटनगर । प्रदेश नं– १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधवेयक, २०७६’ आज प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेश १ को पर्यटन प्रवद्र्धनका लागि आवश्यक कानूनको अभाव खड्किरहेको बेला प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरण भएको हो । उक्त विधेयक प्रमाणीकरणपछि प्रदेश सरकारलाई धार्मिक, सांस्कृतिक र अन्य महत्वपूर्णस्थलको विकास गर्न बाटो खुला भएको छ । प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीका अनुसार उक्त विधेयकसहित प्रदेश १ मा ३४ विधेयक प्रमाणीकरण भइसकेका छन् ।
प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम यही असार २९ गते बसेको चौंथो तथा बजेट अधिवेशनको २४आँै बैठकले विधेयक पास गरेको थियो । प्रदेश प्रमुखले प्रदेशसभाबाट पारित भई आएको सो विधेयक संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको रेग्मीले बताउनुभयो ।


