खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्का जाममा बसेका तीन जनप्रतिनिधि सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चौथो नगरसभाप्रति असन्तुष्टी जनाउँदै बुधबार बिहान चक्का जाममा उत्रेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, महादेवस्थानकै वडा सदस्य निरजमानसिं बस्नेत, नेकपा नगर कमिटिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा कमिटि सचिव धनकुमार भुजेललाई प्रहरीे पक्राउ गरेको हो ।
नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटीढंगले चौथो नगरसभा गरिएको विरोधमा नेकपा नगर कमिटिले एक घण्टाका लागि बिहान ६ बजेदेखि चक्का जाम गरेको थियो । सडकमा अवरोध पु¥याएकाले ६ जनालाई पक्राउ गरिएको डिएसपी वामदेब गौतमले बताउनुभयो । नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४÷०७५ को लेखा परिक्षण प्रतिबेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगती समिक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपार्टी अन्त्या गर्न लगायतका माग राखे पनि बेवास्ता गरिएको विरोधमा नेकपाले मंगलबार नगरको कार्यालयमा धर्ना दिएको थियो ।
सम्वन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिइ कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको नेकपाका जिल्ला कमिटि सदस्य राजुबिक्रम चाम्लिङले बताउनुभयो ।
नगरसभाप्रति असन्तुष्टी जनाउँदै, चक्का जाममा उत्रिएका ६ जना पक्राउ
Halesi
तपाईको प्रतिक्रिया
- १. रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग
- २. हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु
- ३. दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी
- ४. बालकोटको भेट र स्मृतिमा ओली
- ५. आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
- ६. ज्येष्ठ नागरिक सङ्घमा टेलिभिजन र वाईफाई जडान गर्न आर्थिक सहयोग


