सलाम छ बिशाल भट्टराईलाई, ईतिहासकै बढी बजेट खोटाङमा, उहाँलाई सम्मान स्वरुप एक शेयर गराैँ

Halesi

खोटाङ, नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद विशाल भट्टराईले यो वर्ष जिल्लाको ईतिहासमै आउन नसकेको बजेट खोटाङमा भित्राएका छन् । आईतबार पत्रकार संमेलन गर्दै सांसद भट्टराईले सरोकारवाला निकाय राखेर अन्य बर्षहरुको तुलनामा तेब्बर बजेट खोटाङमा ल्याउन सफल भएको सार्वजनिक गरेका हुन् ।

पत्रकार संमेलन मार्फत बजेट सुनाउदै सांसद भट्टराईले भने, केन्द्र सरकारको जम्मा बजेटको २ प्रतिशत भन्दा बढी बजेट जिल्लामा ल्याउन सफल भएको छु मिडियाले खबरदारी गरिदिनु पर्छ आउने वर्ष अझ बढी बजेट ल्याउने छु । जिल्लामा अहिले सम्म १ प्रतिशत भन्दा बढी बजेट आउन सकेको थिएन ।
जिल्ला तथा केन्द्रका नेता तथा कार्यकर्ता माझ लोकप्रियता कमाउदै आएका सांसद भट्टराईले कृषि, सडक, खानेपानी सिंचाई विद्युत लताएतका क्षेत्रमा बढि बजेट छुट्टीयको बताए ।

राजमार्गको हिसावले जिल्लामा मध्ये पहाडी राजमार्ग, गाईघाट दिक्तेल, सगरमाथा स्वर्ण चक्रपथ लगाएतका ठुला राजमार्ग धमाधम निर्माण भईरहेको बताउदै सांसद भट्टराईले भने, मेरो कार्यकालमा चमत्कारी बिकास हुनेछ ।

पर्यटनको क्षेत्रमा हलेसीलाई विशेष फोकस गरेको बताउदै सांसद भट्टराईले भने, यसपटकको बजेट बक्त्तब्यमा खोटाङका दुई वटा ठुला योजनाको नाम आएकोमा म खुसी छु , हलेसी गुरुयोजना र दुधकोशि परियोजना यि चाडै सञ्चालन हुने छन् । दुधकोशि परियोजना सुरु गर्न सरकारले ६३५ मेगावटको परियोजनाको लागि एक खर्ब ५० अर्ब लागत रकम छुट्टाएको छ अब यसै वर्ष टेण्डर हुन्छ ।

हलेसी र दुधकोशि परियोजनाको समस्या भनेको मुअब्जा हो उनले भने, यसको लागि घर धुरी शर्भेगर्ने कार्य भईहरेको छ ,कसैको मन नदुखाउने गरी मुअब्जा वितरण गरिने छ । पत्रकार सम्मेलनमा सांसद भट्टराईले भने, सदरमुकामको ठुलो समस्या हलहुने गरि बजेटको पहल गरेको छु, शहरी विकास मार्फत दिक्तेल बजार ढलान गर्ने र शहिद मनोज जोशी सभागृह निर्माण नगरपालिका सगँको सहकार्यमा यसै बर्षवाट प्रारम्भ गरिने छ ।

सडक सम्बन्धि योजनाहरुमा यस पटक दिक्तेल खोटाङबजार, बंशिलाघाटबाट चिसापानी हुदै दिक्तेल ऐसेलुखर्क सोलु सम्म जोड्ने उक्तर दक्षिण राजमार्ग, खोटाङबजारवाट पामाखाङ भञ्ज्याङ भोजुर जोड्ने अन्तर जिल्ला सडक लगाएत दर्जनौ सडकहरु यस बर्ष खोटाङमा परेका छन् ।
जिल्लामा ३० वटा पक्की पुल निमार्ण भईरहेको स्मरण गराउदै सांसद भट्टराईले भने, मेरो ५ बर्षे कार्यकालमा कुनै खोलामा पनि पुल लाग्न बाकि नरहने गरि काम गरिरहेको बताए ।

पहाडी भेगमा प्रदेशकै बढी सिंचाई योजन खोटाङमा परेको छ, खानेपानीमा नयाँ प्रारम्भ गरेको छु सांसद भट्टराईले भने, खानेपानी नपुगेको ठाउँमा योजना दिने पुगिसकेको ठाउँमा फिल्टर सहितको सिधै धारावाट पानी खोलेर पिउन मिल्ने गरि जिल्लाको दुई वटा स्थानीय तह ऐसेलुखर्क र खोटाङबजारवाट यो योजना प्रारम्भ हुनेछ ।

कार्यक्रमा रहेका सबैको अनुहारमा खुसिको चमक छाएको थियो । सांसद भट्टराईको एकलौटी पहलमा जिल्लामा यति ठुलो रकम छुटिनु जिल्लाको मुहार परिवर्तन हुनु हो भन्दै, नेकपा जिल्ला सचिब रामप्रसाद दंगालले सबैको अगाडी सांसद भट्टराईको प्रशंसा गरे । पत्रकार संमेलनमा सहभागि नेकपा नेता कुमार आचार्य, शुरेस राई, विनोद आचार्य, देवान राई, प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्याय लगाएतले यति ठुलो वजेट आउनुमा खुसि ब्यत्त गरेका छन् ।

तपाईको प्रतिक्रिया