खोटाङ पुगेर महेश बस्नेतको गर्जन- कसैलाई थर्काउनु परेमा ‘पर्ख पत्रकार लगाईदिन्छु’ भन्ने अवस्थामा देश पुगिसक्यो

Halesi

जेठ–२६, नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा आएका भ्रामक कुराहरुलाई समाचार बनाएर सनसनी फैलाउने खालका मिडियाहरु पनि सञ्चालनमा रहेका कारण मिडिया काउन्सिल बिधायक आवश्यक भएको बताउनु भएको छ ।

खोटाङको दिक्तेलबजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व उद्योग मन्त्री समेत रहेका बस्नेतले अराजकता फैलाउने प्रकारका गतिबिधि गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनु भएको हो ।

बस्नेतले उक्त बिधेयक संसोधन वा फिर्ता भन्ने कुरा प्रक्रियामा गईहाल्ने हुनाले धेरै ठूलो रुपमा लिएर आन्दोलन नै गर्नुपर्ने आफुलाई नलागेको बताउनुभयो । उहाँले कसैलाई थर्काउनु परेमा ‘पख् पत्रकार लगाईदिन्छु’ भन्ने अवस्थामा पुगिसकेकाले त्यसतर्फ पनि बिचार गर्नुपर्ने औंल्याउनुभयो ।

धार्मिक भ्रमणको क्रममा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले वर्तमान सरकार शिक्षा, स्वास्थ्य, विकास, भ्रष्ट्राचार उन्मुलन, अपराधी नियन्त्रण जस्ता कार्यमा जुटेको दावी गर्नुभयो । उहाँले महालेखाले देखाएको अनियमितता, कर बक्यौता लगायतका विषयमा पनि सरकार कटिबद्ध रहेको जनाउनुभयोे ।
करदाता र श्रमदाताको सम्मानले मुलुकको समृद्धि हुने भएकाले सरकार त्यसैको पक्षमा उभिएको बस्नेतले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया