खोटाङ, खोलामा डुबेर दुई बिद्यार्थीको मृत्यु भएको घट्नाप्रति नेपाल कम्यूनिष्ट पार्टी खोटाङले दुःख व्यक्त गरेको छ । शनिबार साप्सु खोलामा पौडी खेल्नेक्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षिय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको मृत्यु भएको घट्नाप्रति नेकपाले दुःख व्यक्त गरेको हो ।
शनिबार साँझ विज्ञाप्ती जारी गर्दै नेकपाका जिल्ला अध्यक्ष देवान चाम्लीङ पृथ्बीले शोकाकुल परिवारप्रति समबेदना व्यक्त गर्दै मृतकका आफन्तको मागप्रति सम्बेदनशिल बन्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । नेकपाले घट्नाको बिषयमा छानबीन गर्न र सत्य–तथ्य पत्ता लगाउन आग्रह गरेको छ ।
प्राविधिक शिक्षालयले भ्रमणका लागि लगेको समयमा पौडी खेल्दा दुई विद्यार्थीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए ।


