सांसद भट्टराईले दिए १६५ सांसदको मुहारमा खुसी, सरकारले ४ करोडबाट बढाएर ६ करोड पु¥यायो

Halesi

काठमाडौँ, प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको एकल पहलमा सुरु गरिएको निर्बाचन क्षेत्र पूर्वाधार विकास कोषको बजेट ६ करोड पुगेको छ । ४ करोडबाट सुरु गरिएको बजेट यस बर्ष बढाएर सरकारले ६ करोड पु¥याएको हो । सांसद भट्टराईले १० करोड बनाउन कडा रुपमा माग गर्दै आएका भए पनि सरकाले ६ करोडमा सिमित गरेको छ । प्रतिनिधिसभामा निर्बाचन भए पस्चात भट्टराईले घोषणा पत्रमा विकासको कुरा उल्लेख गरेकोले बजेट सांसदलाई दिनु पर्ने मागलाई निरन्तर सदन मिडिया सार्बजनिक कार्यक्रममा राख्दै आएका थिए ।

निर्बाचनको पहिलो बर्ष ४ करोड बजेट हरेक निर्बाचन क्षेत्रमा पु¥याउन सफल भएका भट्टराई यो बर्ष चार करोडबाट बढाएर ६ करोड पु¥याउन सफल भएका छन् । बजेट बढेपछि खुसि जनाउदै भट्टराईले भने आगामि बर्ष बढाएर १० करोड पु¥याउन पहल गर्ने छु । बजेट बढेलगतै उनने बिभिन्न सञ्चार माध्यमसगँ कुरा गर्दै भने, सांसदहरुलाई जनता सामु जान सहज भएको छ बजेट पारदर्शि ढंगबाट खर्च गराउनु सांसदहरुको भुमिका रहन्छ उनले भने, मैले बजेट माग गर्दा त्यसबेला केही मिडिया र दिग्गज भनिने व्यक्तिहरूले यसका विरुद्धमा व्यापक माहोल बनाउँदा बनाउँदै पनि बजेट विनियोजन हुनु विकासमा जनप्रतिनिधिको भूमिकालाई स्वीकार गरेको देखियो ।

स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले सरकारले ६ करोड बजेट विनियोजन गर्दा अहिले भट्टराईलाई बधाई दिने सांसदको ओईरो रहेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड बजेट विनियोजन गर्दा १६५ निर्वाचन क्षेत्रमा ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई बाध्य बनाएका भट्टराई सबैका लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया