आज ११ औँ गणतन्त्र दिवस, साढे चार सय कैदीको आधा कैद मिनाहा गरिँदै

Halesi

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो ।सो प्रावधानले जेल भरिएको भन्दै सरकारले गत महिना संहिता संसोधन गरेर आधा कैद भुक्तान गरेपछि छाड्न सकिने प्रावधान राखेको हो ।

तपाईको प्रतिक्रिया