विप्लवका जिल्ला इन्चार्जद्वारा ललितपुर प्रशासनमा आत्मसमर्पण

Halesi

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीले आत्मसमर्पण गरेका छन्। जिल्ला इन्चाज अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका हुन्।

मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन्। ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडे लगत्तै अधिकारीसहित संजिव कार्की र देवराज घिमिरेले विप्लव नेकपा पार्टी परित्यागसहित हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि आत्मसमर्पण गरेको प्रशासनले जनाएको छ।

बप्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले उनीहरुले पार्टीका सम्पूर्ण गतिविधी त्यागेको जानकारी दिए। ‘उहाँहरुले विप्लव समुह परित्याग गरी खुला राजनीतिमा आउनु भएको छ,’ प्रजिअ जोशीले भने ‘हिंसात्मक गतिविधिका प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता भेटिए कडा कारबाही गर्ने चेतावनी दिएको थिएँ।’

तपाईको प्रतिक्रिया