काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परेर आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको स्वीकारेको छ । सोमबार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी घटनामा ४ जनाको निधन भएको बताएका हुन् ।
विज्ञप्तिमा विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जवसका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको निधन भएको जनाइएको छ । महासचिव विप्लवले यो घटना हुनुमा मुख्य दोषी केपी सरकार र उसको फाँसीवादी दमन मुख्य कारण रहेको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ ।


