विराटनगर । नेकपा कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द विप्लव समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरेका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै उनले शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नभएको बताएका छन् । ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्ततः वार्तामा आउनुको विकल्प छैन’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले भने ‘बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन।
अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको उल्लेख गर्दै प्रचण्डले लाग्नुपर्नेमा जोड दिए।वार्तामा आउने भनेपछि प्रतिवन्ध ठूलो समस्या नभएको भन्दै प्रचण्डलेले वार्ताको पहल भइरहेको संकेत समेत गरे।


