काठमाडौं । पूर्व प्रहरी हुँ भनी ठगी गर्ने दुइ जना पक्राउ परेका छन् । अर्घाखाँची सितापुर-६ घर भएका ३० वर्षीय हरिलाल खनाल र सोही ठाउँस्थित पिप्रा बस्ने १९ वर्षीय कपिल रिजाललाई शनिबार दिउँसो महागरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-१६ वनस्थलीमा सनराइज बेकरी सप संचालन गर्ने नुवाकोट विदुर नगरपालिका-७ रातमाटे घर भएका विनोद नेपाललाई जेठ ६ गते पूर्व प्रहरी हुँ भनि १ लाख रुपैयाँ फरार रहेका थिए । ठगी गरी हरिलाल र कपिल फरार भएको भन्ने सूचनाको आधारमा उनीहरुलाई काठमाडौं जमलबाट प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


