धरान । धरानमा जीवन विकास संस्थाका कर्चारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको छ ।आइतबार स्कुटीमा आएका तीन जनाको समुहले गोली प्रहार गरी उनको साथमा भएको ४ लाख रुपैयाँ लुटेको इलाका प्रहरीले जनाएको छ । उनी पानवारीबाट दिउँसो धरान आउँदै गर्दा गोली प्रहार भएको हो । बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोलीलागेका गच्छेदारको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकास्मिक कक्षमा उपचार भइरहेको छ
घटना पछी धरानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।


