अब मानिसको मृत शरीरबाट मल

Halesi

मानिसको मरेको शरीर अब मल बनाउन पाईने भएको छ । तर यो निर्णय भने अमेरिकाको एक राज्यले मानिसको शवलाई मल बनाउन प्रयोग गर्ने अनुमति दिएबाट सो राज्यमा यसको सुरुवात हुन लागेको हो । वासिंगटन यस्तो व्यवस्था गर्ने अमेरिकाको पहिलो राज्य बनेको छ ।

वासिंगटनका गभर्नरले यस विधयेकमा हस्ताक्षर गरेका छन् । विधयेकको उद्देश्य भने अन्तिम दाहसंस्कार र गाड्दा हुने कार्बन उत्सर्जनको कटौतीका लागि यसो गरिएको हो ।नयाँ नियम आगामी वर्षको मई महिनाबाट लागू हुने बताइएको छ । यस मार्फत मानिसहरुका लागि अर्को विकल्प पनि हुनेछ कि उनीहरु आफ्नो शब मलका लागि दिन सकून । यस प्रक्रियालाई रिकम्पोजिसन भनिन्छ ।

सिएटलको एक कम्पनीले रिकम्पोजले सबैभन्दा पहिले मानव मल बनाउन अफर दिएका थिए । यो नियम बनाउन र लडाई लड्ने अर्थात रिकम्पोजकी संस्थापक क्याटरिना स्पेडले भनिन्, ‘रिकम्पोजिशन शबलाई गाड्ने या अन्तिम संस्कारको विकल्प प्रदान गर्दछ । यो प्राकृतिक हुनका साथै सुरक्षित र टिकाउ हो । यसले केवल कार्वन उत्सर्जन रोकिने मात्र होइन, जमिनको पनि बचत हुन्छ । प्रकृतिमा सिधै फर्किने र जीवन–मृत्युको चक्रमा फिर्ता जाने विचार एकदम पवित्र कुरा हो ।’

कसरी आयो यस्तो विचार ?
क्याटरिनालाई रिकम्पोजिसनको विचार १० वर्ष पहिले आएको थियो, जब उनी ३० वर्षकी थिइन् । उनी सो समयमा मृत्युका बारेमा धेरै नै सोचिरहन्थिन् । उनले पर्यावरणका लागि सबैभन्दा उत्तम विकल्प के हुन सक्ला भनि सोच्दथिन् ।

यसको लागि उनको २० बिलियन डलर बराबरको अमेरिकी परम्परागत अन्तिम दाहसंस्कार पद्दतिमा हुने कारोबारसँग सम्बन्धित थियो । क्याटरिनाले मानव शरीरको मलका लागि वासिंगटन स्टेट युनिवर्सिटीमा ट्रायल पनि गरेकी थिइन् ।

यसको लागि उनले शवलाई एक स्टिलको कन्टेनरमा सुकेको घाँस र दाउरा हालेर ३० दिनसम्म बन्द गरेर राखिन् । त्यतिन्जेल ब्याक्टेरियाले शव पुरै गलिसकेको थियो । यो प्रक्रियाबाट उत्पादन भएको मल सुख्खा र पोषक तत्वले भरिएको थियो । र, यो बगैंचामा प्रयोग गर्न योग्य बनेको थियो ।सो प्रक्रियामा उचित तापमान कन्टेनरमा कायम गर्दा हड्डी र दाँत पनि पुरै गलेको क्याटरिना बताउँछिन् । रिकम्पोज प्रक्रियामा पहिले जनवारको शव गलाएर मल बनाइन्थ्यो । वासिंगटन विश्वविद्यालयले मानिसको शव पनि यसरी नै गर्न सकिने पत्ता लगायो ।

तपाईको प्रतिक्रिया