काठमाडौं–नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६ जनाको समूह पक्राउ परेको हो ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ– बरामद नक्कली भारु अहिलेसम्मकै ठूलो परिमाणको भएको प्रहरीले जनाएको छ । गन्न पनि प्रहरी र भन्सार कर्मचारीलाई करिब चार घन्टा लागेको थियो । बरामद नोटमा सक्कलीमा जस्तै वाटरमार्क र अन्य सेक्युरिटी फिचरहरू राखिएका छन् । सर्वसाधारणले नक्कली पहिल्याउन नसक्ने किसिमको रहेको प्रहरीले जनाएको छ ।


