काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्कली नोटसहित छ जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिकसहित छ जना पक्राउ परेका हुन्।
पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर,महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो। रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको छ।युनुस अन्सारीसहित ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउमध्ये तीन जना कतार एयरवेजको उडानबाट फर्किएकाहरू हुन्। एक जना ब्रिफकेश रिसिभ गर्न गएका व्यक्ति हुन्।
उनी यसअघि पनि पटक९पटक नक्कली भारु र लागू पदार्थ कारोबारमा रंगेहात पक्राउ परेका व्यक्ति हुन्। केही समयअघि मात्र जेलबाट छुट्नासाथ उनी पाकिस्तान पुगेका थिए। उनी पूर्वमन्त्री सली मियाँका पुत्र हुन्।केन्द्रीय कारागारमा रहँदा उनलाइ भारतीय अपराधिक समूहले गोली हानी हत्या गर्न खोजेको थियो। केही समय उनले नेशनल टेलिभिजन नामक टिभी च्यानल सञ्चालन गरेका थिए।


