राज्यमन्त्री चौधरीको कदमले सुनसरीको किसानमा उत्साह

Halesi

किसानहरुमा खुशीयाली लाई दिए धन्यवाद सुनसरी र कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीलाई सुनसरी दक्षिण क्षेत्रका किसानहरुले धन्यबाद दिएका छन । बर्षोदेखि खेतीयोग्य जमीन सिँचाई अभावको कारणले बाँझो रहँदै आएको जमिनमा कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री चौधरीले डिपबोरीङ्गको उद्घटन गरे पछी किसानहरु खुशीयाली मनाउदै रमाएका थिए ।

यहाँका किसानहरु आकाशे पानीको भरमा एक बाली मात्रै उब्जाउँदै आएका थिए तर अब सिँचाइको व्यवस्था भएकोले तीनदेखि चार बालीसम्म लिन सकिने स्थानीय किसान बताउँछन् । एक करोड माथिको लगानीमा बनाईएको डीपबोरीङ्गले सयौं बिघा जमीन सिँचाई हुने भएको छ ।यो क्षेत्रमा तीन वटा डिपबोरीङ्ग गरिएको छ । राज्य मन्त्री चौधरीले कार्यक्रममा सहभागी किसानहरुलार्इ संबोधन गर्दै कृषि उत्पादन तीब्रतामा बढाउनु पर्ने बताए । युवा शक्ति बिदेशीएको कारणले खेती योग्य जमीन बाझो रहने र उत्पादनमा ह्रास आएको मन्त्री चौधरीले बताइन् ।

आयातमुखी बन्दै गएको नेपाली समाजलाई आत्मनिर्भर बनाउदै निर्यातमुखी बनाउन सरकारको मुख्य चुनौती रहेको राज्य मन्त्री चौधरीले बताइन् ।युवाहरुलार्इ कृषि क्षेत्रमा आकर्षक बढाउन बेरोजगार युवाहरुलाई कृषि सम्बन्धि तालीम दिएर रोजगारी सृजना गर्ने बताइन् । १००० युवाहरूलाई निश्चित अबुदानको व्यवस्था गरि कृषि क्षेत्रमा लगाउने योजना रहेको राज्य मन्त्री चौधरीले बताइन् ।

कार्यक्रममा नेकपाका सुनसरी अध्यक्ष पप्पु मंडल , राम प्रसाद मेहता ,प्रशुराम यादवले मन्तव्य राखेका थिए । स्थानीय जनप्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया