यी महिला हात खुट्टा टेकेर घोडा जसरी किन दौडिन्छिन् ?

Halesi

मानिसका रहर पनि अचम्म अचम्मका हुन्छन् । एक महिला आफ घोडा जस्तो हिड्न आफ्ना दुबै हात र दुबै खुट्टा भूईंमा टेकेर चार पाउ हिड्ने गरेका छन् । नर्वेकी आयला कस्र्टन घोडा हिँडाइका कारण हिजोआज चर्चामा छन् ।

उनको फोटो र भिडियो सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ । आयला तीब्र गतिमा घोडा जसरी हिँड्ने मात्र होइन, घोडा जस्तै दौडने गर्छिन् । उनले आफू चार वर्षकी हुँदा कुकुर जसरी हिँड्न मन लाग्ने गरेको मिडियालाई बताएकी छन् ।

उनले आफ्नो घोडा हिँडाइ बारे अनुभव सेयर गर्दै भनिन्, ‘यसो गर्दा कलाई कुनै पीडा हुन्न र यसो गर्दा मलाई कुनै पनि चोट लागेको छैन ।’ उनको यस कार्यको तारिफ गर्दे एक सामाजिक प्रयोगकर्ताले ‘हात पाउ दुबै उत्तिकै चलाउने तपाईलाई सलाम’ लेखेका छन् ।

तपाईको प्रतिक्रिया