मुल्य बृद्धि रोक्न सरकारले कहिले पाइला चाल्छ ? जवाफ चाहियो – सांसद

Halesi

काठमाडौं । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आकाशियको मुल्यबृद्धि रोक्न सरकारले कहिले पाइला चाल्छ भनि प्रश्न गरेका छन् । मंगलबार संसदमा बोल्दै सांसद बडुले भने, ‘सरकारले यो मुल्यबृद्धि रोक्नको निमित्त के उपाय गर्दैछ र कहिले पाइला चाल्छ रु जवाफ चाहियो ।’

बडुले सरकार विचौलिया र व्यापारीको गठबन्धनसँग समर्थन गर्दै मुखदर्शक बनेको आरोप लगाए । उनले सरकारलाई मुल्य बृद्धि बढाएकोमा बधाईसमेत दिएका छन् । ‘यसवर्ष साधारण जनताको दैनिक उपभोग्य वस्तुको मुल्यबृद्धिले आकाश छोएको छ । नयाँ कृतिमान स्थापित गरेको छ । सरकारलाई धन्यवाद दिन चाहन्छु । बधाई दिन चाहन्छु ।’

सांसद बडुले किसानले पाउने मुल्यभन्दा ५ गुणा बढिमा उपभोक्ताले खरिद गर्नुपरेको भन्दै संसदको ध्यानाकर्षण गरेका छन् ।

तपाईको प्रतिक्रिया