सभापति देउवा भने -प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक कुनै पनि हालतमा पारित हुन दिँदैनौं

Halesi

विराटनगर । नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरु काङ्ग्रेसले पारित हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरु काङ्ग्रेसले पारित हुन नदिने बताए । उनले भने, ‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ । जबर्जस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं ।

सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले एक पक्षीय ढङ्गले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरुलाई मान्य नहुने बताए । पूर्व प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि उल्लेख गरे ।

सभापति देउवाले पार्टीको महाधिवेशन समयमै हुने र काङ्ग्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको विचार व्यक्त गर्र ।

तपाईको प्रतिक्रिया