स्थानीयले अवरोध गरेपछि धरहरा निर्माणको काम बन्द

Halesi

काठमाडौं। स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणमा समस्या आएको छ । आवात जावतका लागि पैदलमार्ग नखुलाईएको भन्दै स्थानियले अवरोध गरेपछि निर्माणको काम अवरुद्ध भएको छ ।

पैदलमार्ग खुलाउनुपर्ने माग पुरा नभएको भन्दै स्थानीयले शुक्रबार बिहान निर्माण काममा अवरोध गरेका हुन् । निर्माण काम सुरु भएको करिब ६ महिनादेखि स्थानीयले पैदल मार्ग खुलाउन माग गर्दै आएका थिए । निर्माण कामको लागि पैदल मार्ग नै बन्द गरिएपछि समस्या आएको हो ।

तपाईको प्रतिक्रिया