कांग्रेसले के खाउँ कनिका बुकाउँ शैलीमा सरकारको विरोध गर्यो – प्रधानमन्त्री ओली

Halesi

नेता र कार्यकर्तालाई आवेश र यथार्थभन्दा बाहिर आएर नबोल्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवेश र यथार्थभन्दा बाहिर गएर अभिव्यक्ति नदिन नेतार कार्यकर्तालाई सचेत गराए । शुक्रबार मदननगर बल्खुमा मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आवेश र यथार्थभन्दा बाहिर गएर अभिव्यक्ति नदिन नेतार कार्यकर्तालाई सचेत गराएका हुन् ।

प्रधानमन्त्री ओलीले हाम्रो अहिलेको बहुमत कतिलाई पचेको छैन हामी अर्को पटक दुई तिहाइ बहुमत ल्याएर आउँले ठोकुरा गरेका छन् । उनले सरकारले राम्रा काम गरे पनि विपक्षीहरूले सानातिना कुरामा विरोध गरेर जनताको ध्यान मोड्न खोजेको आरोप लगाए।

‘सरकारले ल्याएको नयाँ नीति तथा कार्यक्रममा विरोध गर्नु पर्ने कुरा केही नभेटेपछि राष्ट्रपतिको मेरो सरकार भन्ने सम्बोधनको विरोध गरे,’ प्रधानमन्त्री ओलीले भने,‘बालुवाटार जग्गाको छानबिन हामीले थाल्यौं, हमला हामीविरूद्ध भयो। त्यो जग्गामा ४७ सालदेखि के-के भएको छ भनेर सरकारले खोजिरहेको छ, फेरि पनि आरोप हाम्राविरूद्ध छ। सुन तस्करी हामीले रोक्यौं, विरोध हाम्रो भएको छ। माथिल्लो तहसम्मका भ्रष्टाचारीलाई कारबाही हामीले गरिरहेका छौं, तर फेरि पनि हमला हामीमाथि भएको छ।’

उनले प्रमुख प्रतिपक्षी कांग्रेसले के खाउँ कनिका बुकाउँ शैलीमा सरकारको विरोध गरेको आरोप लगाए। प्रधानमन्त्री ओलीले ‘मलाई अचम्म लाग्छ-कांग्रेस आफूलाई जेठो पार्टी भन्छ तर लोकतान्त्रिक मूल्यमान्यताको हेक्का समेत राख्दैन। केही दिनअघि भएको विरोध राष्ट्रपतिको लभएर गणतन्त्रात्मक प्रणाली र संस्थाहरूको विरोध रहेको बताए ।

आवेशमा आएर आन्तरिक कुरा सार्वजनिक रूपमा भन्नु बाञ्छनीय हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘अहिले मन सानो पार्ने र चित्त दुखाउने बेला होइन किनकी हामी दुई पार्टीलाई कहिल्यै नछुट्टिने गरी अन्तरघुलित गर्दैछौं।’

तपाईको प्रतिक्रिया