रुपन्देही । रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ । बिहीबार दिउँसो भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्नेक्रममा प्रहरीले गोली चलाएको हो । गोली चल्दा एकजना घाइते भएका छन् भने एकजना पक्राउ परेका छन् ।
प्रहरीमाथि नै आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताएका छन् । रुपन्देही प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय समूहले नै लगेको छ। प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीलाई नै आक्रमणको प्रयास गरेको र प्रहरीले जवाफी फाइरिङ गरेको बताएका छन् ।


