नेपाल पत्रकार महासंघले भोली संसद भवन अगाडि प्रदर्शन गर्ने

Halesi

काठमाडौँ । नेपाल पत्रकार महासंघले शुक्रबार संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा महासंघले काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।आफूले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले बताएको छ ।

तपाईको प्रतिक्रिया