काठमाडौंकी २२ वर्षीया दिल्लीमा सामूहिक बलात्कार

Halesi

एजेन्सी । २२ वर्षीया नेपाली युवतीलाई नयाँ दिल्लीको लगेर चार जना पुरुषले सामूहिक बलात्कार गरेका छन् ।भारतीय मिडियाका अनुसार ती युवती आफ्नो दाइलाई भेट्न गत शनिबार मुम्बई गएकी थिइन् ।

रिपोर्टका अनुसार काठमाडौंकी ती दिल्ली पुगेपछि त्यहाँबाट मुम्बई जान रेल चढ्ने तयारीमा थिइन् । युवति स्टेशन पुग्न ढिला भएपछि उनको रेल छुट्यो । त्यसपछि उनी अब के गर्ने भनेर मानिसहरुसँग सोधपुछ गरिरहेकी थिइन् । त्यति नै बेला, एक व्यक्ति उनलाई सहयोगका लागि अगाडि आए ।

त्यसपछि उनले प्लेटफर्ममा बसिराख्न असुरक्षित हुने बताउँदै उनलाई नयाँ दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको स्रोतले बताएको छ । आफूले बलात्कार गरेपछि उनले आफ्ना अन्य साथीलाई पनि कुकृत्यका लागि निम्तो गरेको बताइएको छ ।

घटना हुनुअघि पीडितले मुम्बईमा भएका आफ्ना दाइलाई आरोपीमध्येका एकको फोनमार्फत् कुरा गरेकी थिइन् । पीडितका दाइलाई ती व्यक्तिको नाम र उनको फोन नम्बर आरोपीको फोन नम्बर र नाम मुम्बई पुलिसलाई जानकारी दिइसकेका थिए ।

आरोपीले बलात्कारपछि युवतिलाई मुम्बई जाने रेलवे स्टेशनमा पुर्याइदिएको स्रोतले बताएको छ । मुम्बईमा दाइलाई भेटेपछि सोमबार उनीहरुले स्थानीय पुलिसमा उजुरी दर्ता गरे । अहिले मुम्बईस्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया