इन्जिनियर पतिले टुप्पी नकाटे सम्बन्ध विच्छेद गर्ने पत्नीको चेतावनी

Halesi

संसारमा मानिसले अनौठा अनौठा गतिविधिले दुनियाँलाई चकित पार्ने गरेका छन् । भारतमा एक व्राम्हण परिवारका इन्जिनियर पुरुषको टुप्पी नै उनका लागि समस्याको कारण बनेको छ । टुप्पीका कारण उनको वैवाहिक जीवन धरासायी बनेको छ । पारिवारिक अदालतमा दर्ता भएको उजुरीमा पत्नीले श्रीमान्ले टुप्पी राख्दा उनी गाउँले जस्तो देखिएको बताएकी छन् ।

एनका माइती पक्षले श्रीमान्को मजाक उडाउने गरेको जसका कारण उनले धेरै नै अपमानित महशुस हुने गरेको बताएकी छन् । तर यता उनका श्रीमान्ले भने आफूले टुप्पी पालेर भाकल गरेको र आफ्नो मृत्युसँगै टुप्पी पनि जाने बताएका छन् । उनका पति एक्जेक्युटिव इन्जिनियर हुन् भने पत्नी एमबिए हुन् । एजेन्सीबाट

तपाईको प्रतिक्रिया