काठमाडौं । कनकाई पुलमा बम राखेको आरोपमा पाँचजना पक्राउ परेका छन् । कनकाई पुलमा कुकर बम राखेर आतंक मच्चाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएर अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए।
केही दिनअघि त्यसक्षेत्रमा पर्चा भेटिएको प्रहरीले जनाएको छ । पर्चामा सुगौली सन्धीमार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्म विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज, भ्रष्टचारीलाई कारबाही, निःशुल्क शिक्षा र उपचारजस्ता रहका प्रहरीले बतायो ।


