भोजपुरमा भिषण आगलागी

Halesi

काठमाडौं । भोजपुर सदरमुकामको पोखरे क्षेत्रमा आगलागी भइरहेको छ। भोजपुर नगरपालिका वडा नं ७ स्थित बरवोट टोलमा आगलागी भएको हो । स्रोतका अनुसार आगलागी नियन्त्रणबाहिरको अवस्थामा पुगेको छ । नजिकैका घरमा आगो फैलिएको प्रहरीले जनाएको छ ।आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बसिन्दा खटिएका स्रोतले बतायो ।

तपाईको प्रतिक्रिया