बाठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गर्ने पक्राउ

Halesi

काठमाडौं । काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् ।भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ ।

काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएपछि तत्काल उनलाई काठमाण्डौ काडाघारी सनसिटीवाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रबक्ता होबिन्द्र बोगटीले वताए ।

उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया