खोटाङ– खोटाङमा आफ्नै छोरी बलात्कारमा संलग्न बाबु पक्राउ परेका छन्। ९ वर्षीय नाबालिका छोरीलाई जबरजस्ती करण गरेको अभियोगमा ५० वर्षीय बाबु दुखीलाल ९परिवर्तित नाम०लाई प्रहरीले पक्राउ गरेको हो।
चैत २८ गते राती आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको सूचना प्राप्त भएपछि उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले बताए। पक्राउ परेका बाबुलाई बुधबार जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


