मन्त्री पण्डितले भने – स्थानीय तहले कर्मचारी भर्ना गर्न पाउँदैन

Halesi

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहले कर्मचारी भर्ना गर्न पाउने संवैधानिक व्यवस्था नरहेको बताएका छन् । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रदेश र स्थानीय तहमा प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्ना गर्ने संवैधानिक व्यवस्था भएको बताए ।

सरकारले त्यसका लागि आवश्यक व्यवस्था गर्न संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्नु परेको उनले स्पष्ट पारे ।

प्रदेश लोक सेवा आयोग गठन नभएसम्म प्रदेश र स्थानीय तहको मागको आधारमा सरकारले संघीय लोक सेवा आयोगमार्फत् कर्मचारी पूर्ति गर्दै लैजाने उनले बताए ।

तपाईको प्रतिक्रिया