झापामा प्रहरीलाइ सय रूपैंयाँ घुस दिन खोज्दा…

Halesi

झापा। मेचीनगर नगरपालिकापा-१३ पूर्बपश्चिम राजमार्गस्थित चारआली चौकबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने एक जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिकापा-२ बस्ने ४२ वर्षीय राम कुमार लिम्बुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले ना।३ ख ५७९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक लिम्बुले आफ्नो साथमा सवारी चालक अनुमतीपत्र नभएको कारण नगद १ सय रुपैयाँ दिन खोजेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया